मदिरा पिएर गाडी चलाएको त तपाई हामीले सुनेको हो । मापसे गरेर गाडी चलाउँदा काठमाडौंमा धेरै जनाले ट्राफिकको कारबाही समेत भोगेका छन् । तर, विकशित देशतिर मापसेको कुरा पुरानो भइसक्यो । आजकल त्यहाँ नाङ्गै गाडी चलाउनेहरुबाट हैरानी बढ्दो छ ।
बेलायतमा नाङ्गै गाडी चलाएको आरोपमा एक भ्यान ड्राइभर पक्राउ परेका छन् । हर्टफोर्डशयरको यो घटना रोचक त्यसबेला भयो, जब नाङ्गो ड्राइभरलाई पक्राउ गर्न हेलिकोप्टर नै परिचालन गर्नुपर्‍यो ।
समाचारहरुमा जनाइए अनुसार प्रहरीले रोक्न खोज्दा भ्यान ड्राइभर भागेका थिए । उनले वेपत्ताले गाडी हुइकाएपछि ट्राफिक प्रहरीले हेलिकोप्टर बोलाएको थियो ।
हेलिकोप्टर प्रयोग गरेर गाडी रोकेपछि २१ वर्षीय ड्राइभरलाई पक्राउ गरिएको छ । उनलाई जनमातमा रिहा गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।